सशस्त्र प्रहरीद्धारा दश किलो चरेश सहित दुईजना पक्राउ



वीरगन्ज,१८ असोज । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बिओपी भीखमपुरको टोलीले १० केजी चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध ओसार पसार भईरहेको सूचनाका आधारमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक राजाराम बस्नेतको नेतृत्वमा रहेको सशस्त्र प्रहरीले २० पोकामा रहेको १० केजी चरेश सहित दुईजनालाई पक्राउ गरेको हो ।

बि आर २० एक्स २७३७ भारतीय नम्बरको मोटर साईकलमा नेपाल भारत सीमानाका पिडारीको सडकबाट जानकीटोला हुदै भारततर्फ तस्करी गईरहेको अवस्थामा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ बाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी नेपाल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ हरैयाका १८ बर्षका किसन माझी र १६ बर्षका सुनिल माझी रहेको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि