सहकारी दिवसको अवसरमा बाराको डुमरवानामा रयाली



चैत्र १९ राष्ट्रिय सहकारी दिवसको अवसरमा बाराको डुमरवानामा शनिबार रयाली निकालिएको छ । साना किसान कृषि सहकारी संघ एंव डुमरवाना सहकारी समन्वय सञ्जालका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा निकालिएको रयालीमा बारा जिल्ला वचत तथा ऋण सहकारी संघका सहसचिव राजु अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका निवर्तमान अध्यक्ष नारायण पोखरेल, जीतपुर सिमरा उपमहानगर समन्वय सञ्जालका कोषाध्यक्ष झपेन्द्र बराल, महिला सहकारीकर्मी लक्ष्मी नेपाली लगायतको सहभागीता रहेको थियो । रयाली पछि आयोजित सभालाइ सम्बोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक डाक्टर कृष्ण पौैडेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । गरीवी र भोकमरीको अन्त्य, न्यायपूर्ण समाज र वातावरण तथा पर्यावरण संरक्षणका लागि सहकारीहरुले विश्वभर काम गरिरहेको भन्दै उहाले सहकारीहरु आर्थिक लोकतन्त्रको जग भएको बताउनुभयो । डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेलले सहकारीहरुको प्रवद्र्धन र गुणात्मक विकासका लागि अभियन्ताहरु गम्भिर हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण जीतपुर सिमरा उपमहानगर सञ्जालका सचिव रविन्द्र भण्डारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड