‘सांसदले कुटेपछि पनि न्याय माग्न जाँदा उल्‍टै सिडिओको कारबाहीमा परे’



बैशाख २७ वीरगन्ज: वीरगन्जमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतले आफूलाई कुटपिट गर्ने पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र उनका कार्यकर्ताहरुलाइ प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाहीका लागि मन्त्रालयमा चिठी लेखेको गुनासो गर्नुभएको छ।मङगलबार पत्रकार सम्मेलन गरेर कार्यालय प्रमुख गोइतले आफुलाइ सांसद गुप्ता र उनका कार्यकर्ताले गत शुक्रबार कुटपिट गरेपछि न्याय माग्न जादा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिटमा संलग्नहरुलाइ कार्वाही गर्नुको सट्टा उल्टै आफूलाई कार्वाही गर्न सहरी विकास तथा भवन निर्माण विभागमा चिठी लेखेको बताउनुभयो।जनता आवास कार्यक्रमका विषयमा गत शुक्रबार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमै कार्यालय प्रमुख गोइत र पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ताबीच हात हालाहाल भएको थियो। जनता आवास कार्यक्रमका लागि करारमा नियुक्त गरिएका १२ जना कर्मचारीहरुको नियुक्ति सम्बन्धि जानकारी माग्न गएका सांसद गुप्ता ,उनका कार्यकर्ता र पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादुर अमात्यका कार्यकर्ताले कार्यालय प्रमुख गोइतलाइ कुटपिट गर्दै लछापछार गरेर नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी घिमिरेको कार्यकक्षमा लगेको कार्यालयका कर्मचारीहरुले बताएका थिए।कार्यालय प्रमुख गोइत माथि भएको दुव्र्यवहार र हातपातको घटनाको विरोधमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कर्मचारीहरुले मङगलवार काम बन्द गरेका छन्।कार्यालय प्रमुख माथि भएको हातपातको घटनाको विरोधमा मङगलवार एक दिनका लागि पेन डाउन गरेर काम बन्द गरिएको कार्यालयका इन्जिनियर कार्तिकेश झाले बताउनुभयो।

तस्बिर: अन्‍नपूर्ण


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान