सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन



नारायण सपकोटा
माडी २६ असोज । दिवाकर सञ्चार केन्द्रद्रारा सञ्चालित सामुदायिक रेडियो माडी १०७.६ मेगाहर्जको चौथो अधिवेशन आज मङ्गलमय वसन्तपुरमा सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीका अग्रजहरुले देखाएको बाटोलाई अनुकरण गर्दै अगाडि बढेमा मात्र माडीको विकास सम्भव हुने बताउनुभयो ।

सबैको सामुदायिक प्रयासले सामुदायिक रेडियो माडीको स्थापना भएको जनाउँदै सञ्चार माध्यमहरुलाई संरक्षण र विकास गर्नको लागि माडी नगरपालिकाको सहयोग गरिरहेको जानकारी दिनुभयो ।

उहाँले माडीका रेडियोहरुलाई एकीकृत गरी गुणात्मक विकास गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब) का निवर्तमान महासचिव एवम् सामुदायिक रेडियो नारायणी एफ विरगञ्जका अध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोको मर्मअनुसार नै रेडियो माडी स्थापना भएको जनाउँदै सामुदायिक रेडियोलाई राजनीतिक आँखाले हेर्न नहुने बताउनुभयो ।
सामुदायिक रेडियोको संरक्षण र विकास गर्नको लागि स्थानीय सरकारको पनि जिम्मेवारी रहेको जनाउँदै रेडियोको अक्षयकोष स्थापना गर्नको लागि ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो माडीका संरक्षक सन्देश पौडेलले चौथो अधिवेशनको सफलताको कामना गर्दै सबैको सुझावलाई अनुसार गर्दै रेडियोको क्षमता अविवृद्धि गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

रेडियोका सहयोगीदाताहरुको तर्फबाट मन्तव्य राख्दै युवा उद्यमी श्रीप्रसाद दवाडीले आफूले रेडियोलाई हस्तान्तरण गरेको जग्गामा भवन निर्माण नभएकोमा चिन्ता व्यक्त गर्दै सामुदायिक रेडियो राजनीतिक स्वार्थबाट माथि उठेर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

सामुदायिक रेडियो माडीका अध्यक्ष सूर्यप्रसाद पाठकले रेडियोले ४ वर्षमा विविन्न गतिविधिसहितको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान समयमा सामुदायिक रेडियो सञ्चालन गर्न विभिन्न चुनौती रहेकाले सामुहिक एकता र सहकार्यबाट रेडियोको विकास गर्न सकिने बताउनुभयो ।

अधिवेशनको उद्घाटन कार्यक्रममा रेडियो माडीका संस्थापक अध्यक्ष एवम् स्वदेश एफ एमका प्रमुख देवअञ्जान शाह, नेकपा एमाले माडी नगर कमिटिका अध्यक्ष रेशमलाल आचार्य, रेडियोका सल्लाहकारहरु प्रेम तिमिल्सिना, सुरेश रानाभाट ,सञ्चालन समितिकी सदस्य कुनिजा पोख्रेले , नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य एवम् रेडियोका सञ्चारकर्मी भूपराज पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।२०६८ साल भदौ २८ गते ६३ जनाको शेयरसहित स्थापना भएको सामुदायिक रेडियो माडीले बन्द सत्रमा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
दुई वर्ष देखि कोरोनाले प्रभावित वीरगन्जमा यसपाली भने दशैं मेलाको चहलपहल शुरु