सामुदायिक विद्यालयमा फोरम नेपालद्वारा स्कुल ब्याग वितरण



वीरगन्ज, १४ चैत वीरगन्जको मनियारी र परवानीपुरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाइ संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आज स्कुल ब्याग वितरण गर्नु भएको छ । सांसद श्रवण कुमार अग्रवालको संसदिय कोषबाट फोरम नेपाल पर्साका अध्यक्ष यादवले परवानीपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र मनियारीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विदाल्यमा गरि करिब तीन सय विधार्थीहरुलाइ स्कुल ब्याग वितरण गर्नु भएको हो ।सामुदायिक विद्यलायमा अध्ययनरत  वालबालिकाहरुलाई  किताब,कापि, कलम  लगायतका शैक्षिक समाग्री राख्न समस्या देखिएपछि दुवै विद्यालयमा अध्यन गरिरेहका तीन सय जनालाई स्कुल ब्याग वितरण गरिएको फोरम नेपाल पर्साका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले आउने दिनमा जिल्ला भित्र रहेका अन्य समादायिक विद्यालयहरुमा पनि  स्कुल ब्याग र शैक्षिक समाग्री वितरण गर्ने बताउनु भयो ।स्कुल व्याग वितरण कार्यक्रममा जिल्ल शिक्षा कार्यालय पर्साकी श्रोत व्यक्ति मिरा प्रधान, फोरम नेपाल पर्साको क्षेत्र नम्बर  २ का क्षेत्रीय सचिव राधाकृष्ण रौनिया, संजय मण्डल, असलम अन्सारी लगायतकाको उपस्थिती रहको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन