सिमा क्षेत्रका प्रहरीहरु होसियार ,सुदृढिकरण अभियान पर्सा,बारा,रौतहटमा तिब्र



बिन्दुभुषण साह बीरगंज असार २८

भारतसंग सीमा जोडिएका पर्सा , बारा , रौतहट लगायतका जिल्लाहरुमा प्रहरीकै संलग्नतामा तस्करी बढेको गुनासो आएपछि मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाले ती जिल्लाहरुमा प्रहरी सुदृढिकरण अभियान तिव्र पारेको छ । नेपाल भारतमा क्रियाशिल तस्करहरुसंग साठगाठ राखेको अभियोगमा मातहतका प्रहरी जवान देखि प्रहरी अधिकृतहरु विरुद्ध समेत कारवाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाका डिआइजी गणेश केसिले बताउनुभयो । सिमा क्षेत्रसंग जोडिएका पर्सा, बारा, रौतहट लगायतका जिल्लाका नाकाहरुबाट व्यापक रुपमा तस्करी र अबैध कारोबार भइरहेको गुनासो आएकाले विशेष सुरक्षा रणनीति अनुसार सुदृढिकरण अभियान संचालन गरिएको डिआइजी केसिले बताउनुभयो । तस्करसंगको साँठगाँठमा रहेका केहि प्रहरीलाई कारवाहि समेत गरेको भन्दै उहाँले केहिलाई कार्यालयमा झिकाइएको पनि जानकारी दिनुभयो । सुदृढिकरण अभियान अन्तरगत नेपाल भारत सिमानामा तस्करहरुसंग साठगाठ गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मीलाई मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाले तानेर विभागिय नसिहतको कारवाही गरेको छ । डिआईजी केसीका अनुसार , बाराका डिएसपी रेग्मीले तस्करहरुसंग साठँगाठँ राखेको देखिए पछि उनलाई मध्य क्षेत्रिय प्रहरी कार्यालयमा तानेर नसिहत दिईएको हो । यसअघि बाराका एसपी नरेन्द्र उप्रेतीलाइ पनि सुपारी तस्करसंग मिलेको अभियोगमा मध्य क्षेत्रिय प्रहरी कार्यालयले कारवाही स्वरुप विभागिय लिखित नसिहत दिएको थियो । त्यस्तै पर्सामा पनि प्रहरी सहायक निरीक्षक तथा जवानहरुलाई समेत क्षेत्रिय कार्यालयमा तानेर कारवाही गरिएको डिआईजी केसीले बताउनुभयो । यसैबीच डिआइजी केसीले घुमुवा प्रहरीका कारण सर्वसाधारण तर्सिनु परेको र तस्करहरु मालामाल हुने गरेको जानकारी आएकाले जिल्लाबाट खटाइने गरिएका घुमुवाहरुलाई पूर्ण रुपमा बन्द गरिएको भन्दै मध्य क्षेत्रीय प्रहरी कार्यालयबाट समेत कुनै पनि घुमुवा परिचालन नभएको समेत बताउनु भयो । संगठन सुदृढिकरण, शान्ति सुरक्षा र तस्करि नियन्त्रणमा कुनै कसर बाँकि नराख्ने भन्दै डिआइजी केसीले गलत काम गर्ने जो कोहिलाई कारवाहिको दायरामा ल्याउने प्रष्ट पार्नु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान