सीमा नाका खोल्ने सरकारको निर्णयको होटल तथा पर्यटन व्यवसायीहरुद्वारा स्वागत



वीरगन्ज,६ असोज । कोरोना संक्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा भारतीय पर्यटकहरुमा निर्भर रहेको वीरगन्जका होटल तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेपछि सरकारले सीमा नाका खोल्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णयको वीरगन्जका होटल तथा पर्यटन व्यावसायीहरुले स्वागत गरेका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा भारतीय पर्यटकहरुमा निर्भर रहेको वीरगन्जका होटल तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै नाका खोलाउन संघले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

अस्ती सोमबार मात्रै प्रधानमन्त्री देउवालाई भेटेर सीमा नाका खोल्नका लागि संघले ध्यानाकर्षृण पत्र बुझाएका थिए । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अनिल रुंगटाको पहलमा होटल तथा पर्यटन व्यवासायी संघ वीरगन्जको टोली प्रधानमन्त्री देउवालाई भेटेर समस्या राख्न काठमाडौं गएका थिए ।

अस्ती सोमबार उनीहरुले सीमाको समस्या सहितको श्रव्यदृश्य र ध्यानाकर्षण पत्र बुझाएपछि हिजो बसेको मन्त्री परिषदको बैठकले सबै सीमा नाका खोल्ने निर्णय गरेको हो । सरकारको निर्णयको होटल तथा पर्यटन व्यवसायीहरुले स्वागत गरेका हुन् ।

संघका अध्यक्ष हरि पन्तले सरकारले अत्यन्त जिम्मेवारी पूर्वक आपूmहरुको समस्या बुझेर सीमानाका खुला गर्ने निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । सीमा नाका खुलेसँगै यसक्षेत्रको होटल तथा पर्यटन व्यवसाय चलायमान हुने भएपछि व्यवसायीहरु खुशी भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि