सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु



चैत्र २१ मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । उनीहरुको परिचय खुलेको छैन् । अर्का दुई जनाको भने उद्दार गरिएको छ । लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । यो सडक विस्तारको काम भइरहेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, आज भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् । प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ । पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका एसपी दीपक थापा लगायतका सरकारी टोली अहिले घटनास्थल पुगेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो