सुपर ग्याँसको आगलागीमा परि घाइते भएका पटेललाइ सांसद यादवद्धारा आर्थिक सहयोग



पुस ११ बीरगञ्ज्
वीरगन्जको सुपर उद्योग ग्याँस उद्योगमा गत बुधबार भएको आगलागीमा परि घाइते भएका मध्ये उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाइ पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नगद ५० हजार रुपैया सहयोग गर्नु भएको छ । वीरगन्जको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका पटेललाइ आज अस्पतालमै पुगेर सांसद यादवले नगद ५० हजार रुपैया प्रदान गर्नु भएको हो । ग्याँस उद्योगममा आगलगी भएकै दिन सांसद यादवले मृतकहरुलाइ जनही एक एक लाख र घाइतेहरुलाइ जनही ५०÷५० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको थियो । त्यही घोषणा अनुसार सांसद यादवले मंगलबार घाइते मध्येका पटेललाइ ५० हजार रुपैया प्रदान गर्नु भएको हो । अर्का घाइते वारुण यन्त्रका चालक सुरेश महत्तोको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेकाले उहालाइ बुधबार आफु काठमाण्डौमै गएर ५० हजार रुपैया प्रदान गर्ने सांसद यादवले बताउनु भयो । आगलागीमा परि ज्यान गुमाएका वारुण यन्त्रका कर्मचारीहरु तनहुको ड्ुम्रेका मधुसुदन मिश्रा , सर्लाहीको लालबन्दीका यादव प्रसाद अधिकारी र विराटनगरका सन्जिव नेपालको परिवार अहिले किरीयामा बसेकाले किरीया सकेपछि तीन जनै मृतकका परिवारलाइ एक एक लाख रुपैया आफुले प्रदान गर्ने सांसद यादवले बताउनु भयो । आज अस्पालमा घाइतेलाइ नगद हस्तान्तरण गर्न गएको टोलीमा सांसद यादवसंगै पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयार , पर्साका विधायकहरु लालबाबु राउत गद्धी , जन्नत अन्सारी र मन्जुर अन्सारीको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड