स्वर्गीय बिन्दुदेवी पाँण्डे स्मृति पत्रकािरता पुरस्कारबाट रेडियोकर्मी अनिता कुँवर पुरस्कृत




वीरगन्ज, ८ साउन । स्वर्गीय बिन्दुदेवी पाँण्डे स्मृति पत्रकािरता पुरस्कारबाट रेडियोकर्मी अनिता कुँवर पुरस्कृत हुनु भएको छ । आज वीरगन्जमा आयोजना गरिएको एक कार्यक्रमकाबीच नगद १५ हजार रुपैयाँ सहित रेडियोकर्मी एनी कुँवर भनेर चिनिने अनितालाई पुरस्कृत गरिएको हो ।
प्रदेश नम्बर २ का ऊर्जा तथा सिंचाइमंत्री ओमप्रकाश शर्माले नगद सहित कुँवरलाई पुरस्कृत गर्नुभएको हो । मंत्री शर्माकै प्रमुख आतिथ्यतमा र बिन्दुदेवी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मंत्री शर्मा सहित पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,प्रदेश २ का महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष अनुप तिवारी,भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिेवदी,पशुपतिबिक्रम शाह लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम प्रतिष्ठानकी सचिव माधुरी महतोको सहजिकरणमा सम्पन्न भएको थियो । वीरगन्जकी पहिलो पत्रकार महिलाका रुपमा रहनु भएकी पाँण्डेको संझनामा पाँच बर्ष अगाडि उक्त पुरस्कार स्थापना गरिएको हो ।






प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित