स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपमा क्वाटर फाइनल दोस्रो दिनको खेलमा बिरगंज युनाइटेड क्लब , बिरगंज विजयी



माधव तिमिल्सिना
ठोरी,२० असोज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर –४ , विजयवस्तीमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपमा क्वाटर फाइनल चरणको दोस्रो दिनको खेलमा बिरगंज युनाइटेड क्लब , बिरगंज विजयी भएको छ । बिरगंजले विजयवस्ती खेल मैदानमा सम्पन्न बुधबारको खेलमा महाबीर स्पोर्ट्स क्लब , गमहरीयालाई ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो। बिरगंजका तर्फबाट कृपाकान्त चौधरीले व्यक्तिगत ४ गोल गर्दै टिमलाई जित दिलाएका थिए । उनले मध्यान्तर अघि ३ गोल गरेका थिए भने मध्यान्तर पछि १ गोल थपेका थिए । आजको खेलमा उनै चौधरी म्यान अफ द म्याच घोषित भएका थिए।भोलिको खेल एफसी युनाइटेड सिमरा र निर्मल समाज यूवा क्लब , ठोरी –४ का बीच हुने आयोजकले जनाएको छ । असोज २८ गतेसम्म जारी रहने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख सहित ट्रफी र उपबिजेताले नगद १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्व राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको क्वाटर फाइनल चरणको तेस्रो दिनको खेलमा निर्मल समाज यूवा क्लब , ठोरी ४ विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदै माधव…
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आजको खेल युवा प्रगति समाज सेढवा पर्सा र बिएफसी चितवन बीच हुदै
निर्मल समाज युवा क्लब ठोरी –४ विजयी