स्व राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको क्वाटर फाइनल चरणको तेस्रो दिनको खेलमा निर्मल समाज यूवा क्लब , ठोरी ४ विजयी



माधव तिमिल्सिना

ठोरी,२१ असोज । पर्साको ठोरी गापा (४ , विजयवस्तीमा जारी स्व राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको क्वाटर फाइनल चरणको तेस्रो दिनको खेलमा निर्मल समाज यूवा क्लब , ठोरी (४ विजयी भएको छ ।

उसले विजयवस्ती खेल मैदानमा सम्पन्न बिहीवारको खेलमा एफसी युनाइटेड सिमरालाई २ का विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो। निर्मल समाज युवा क्लबका तर्फबाट विदेशी खेलाडी फोफोना फोडेले ह्याट्रिक गरेका थिए ।यस्तै सोही टिमका रुपक लामाले फ्री किक मार्फत मध्यान्तर पछि गोल गर्दै नतिजा ४(२ को स्थितिमा पुर्याएका थिए।

खेल सुरु भएको पहिलो मिनेटमा नै सिमराका निरज थापा मगरले गोल गर्दै निर्मल समाज क्लबलाई दबाबमा राख्न सफल भएका थिए। तर मध्यान्तर अघि नै फोफोनाले लगातार ३ गोल गर्दा सिमरा दबाबमा परेको थियो। मध्यान्तरपछि निर्मल समाज क्लबका डिफेन्ड लाईनका खेलाडीले सिक्स यार्ड बक्समा फउल गर्दा सिमराले पाएको पेनाल्टीलाई सबिराज थोकरले गोलमा परिणत गरेका थिए।

आजको खेलमा म्यान अफ द म्याच निर्मल समाज युवा क्लबका ह्याट्रिक गर्ने खेलाडी फोफोना फोडे घोषित भएका थिए।
क्वाटर फाइनल राउन्ड अन्तरगतको अन्तिम दिन भोलिको भरतपुर फूटबल क्लब , चितवन र सुवर्ण युवा क्लब , ठोरी (५ का बीच हुने आयोजकले जनाएको छ ।

असोज २८ गतेसम्म जारी रहने प्रतियोगिताको बिजेता टिमले नगद रु २ लाख सहित ट्रफी र उपबिजेताले नगद रु १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपमा क्वाटर फाइनल दोस्रो दिनको खेलमा बिरगंज युनाइटेड क्लब , बिरगंज विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदै माधव…
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आजको खेल युवा प्रगति समाज सेढवा पर्सा र बिएफसी चितवन बीच हुदै
निर्मल समाज युवा क्लब ठोरी –४ विजयी