११ जना अवैधानिक कर्मचारी नारायणी उपक्षेत्रीय अस्पतालमा हटाइएका



चैत्र २४ स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा अवैधानिक नियुक्तिमा जागिर खाँदै आइरहेका ११ जना कर्मचारीलाई हटाइएको छ । अवैध नियुक्ति भएको भन्दै सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएपछि मन्त्रालयले चासो देखाएको होे । मन्त्रालयको पत्र अनुसार अस्पताल विकास समिति अन्तर्गत दरबन्दीमा कार्यरत डा. अनु अग्रवाल, डा. कृष्ण यादव, डा. जिनटुन खातुन, कर्मचारी विश्वेश्वर साह, नूरजहाँ खातुन, रामाशङरप्रसाद गुप्ता, धनसुन्दरप्रसाद यादव, रिना कुमारी, विश्वास राउत, पूmलकुमारीको नियुक्ति प्रक्रिया खारेज गरिएको मेसु डा. चित्तरञ्जन साहले जानकारी दिनुभयो । तत्कालीन मेसु डा. रामपरीक्षण यादवले आर्थिक चलखेल गरी अस्पतालमा ७० भन्दा बढीजनालाई नियुक्त गर्नुभएको थियो । तत्कालीन मेसु यादवले नेपाल सरकारको रिक्त रहेको दरबन्दीमा अधिकांश नियुक्ति गरेको देखिन्छ तर उनीहरूलाई हटाइएको छैन । स्वास्थ्य मन्त्रालयको २÷१०५७ को पत्र अनुसार विकास समिति अन्तर्गत अस्थायी, स्थायी वा करार दरबन्दी प्रक्रिया रोक्ने निर्देशन अनुसार नियुक्ति प्रक्रिया खारेज गरिएको देखिन्छ । तत्कालीन मेसु यादवले प्रक्रिया नपु¥याई चलखेलको आधारमा नियुक्ति गरेपछि नाउक्षेमा ठूलो विवाद शुरु भएको थियो । अहिले नेपाल सरकारको दरबन्दीतर्पm ५० भन्दा बढी चिकित्सकदेखि पियनसम्म अवैध नियुक्तिमा काम गर्दै आइरहेका छन् । नेपाल सरकारको दरबन्दीमा अवैधानिक नियुक्ती पाएकाहरुलाई पनि हटाउन पक्रिया शुरु भईसकेको मेसु साहले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान