६२ औँ प्रहरी दिवसको अवसरमा वीरगंजमा सरसफाई कार्यक्रम सम्पन्न



असोज २५ बीरगंज
६२ औँ प्रहरी दिवसको अवसरमा वीरगंजमा बुधबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अंचल प्रहरी कर्यालय तथा जिल्ला प्रहरी कार्यलय पर्साले आयोजना गरेको बिभिन्न कार्यक्रमको क्रममा आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको घण्टाघरदेखी गहवा मन्दिर हुँदै अलखिया मठ लगायतका सार्बजनिक स्थलहमा आज सरसफाई गरीएको हो । सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रहरी बरिष्ठ उपरिक्षक सुर्यप्रसाद उपध्याय, प्रहरी उपरिक्षक डा.गणेश रेगमी लगायत बिभिन्न संघसस्थाहरुको प्रतिनीधिहरको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान