वायुमण्डलको प्रभावले चिसो बढ्यो



२१ कात्तिक, काठमाडौं । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८.४ पुगेको छ । शनिबारको तुलनामा आज ९.४ डिग्री सेल्सियस रहेको छ ।

‘सिजनल इफेक्टले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,’ उनले भने ।

मौसमविद्का अनुसार अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ देखि २५ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत