संविधानमा बुद्ध जन्मेको देश राख्न सुझाव
२१ कात्तिक । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उनलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् ।
आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ ।
रक्त क्यान्सरबाट पीडित यी बालिकाले आफ्नो बोनम्यारो ट्रान्सप्लान्टका लागि आफ्नै प्रयासमा दाताको खोजी गरेकी छिन् ।
उनी गत बुधबार आफ्ना बुबाआमा र बहिनीका साथ बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका गएकी छिन् ।
उनका बुबा राजेशकुमार पुरीको सहयोगमा उनी आफैँले पत्र लेखी अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियनलगायतका ११ ठाउँमा बोनम्यारो ट्रान्सप्लान्टका लागि सहयोग गर्न अपिल गरेकी थिइन् ।