स्थानीय तहको निर्वाचनमा पर्सामा तीन तहको सुरक्षा व्यवस्था अवलम्बन हुने



चैत्र १३ आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति पर्साले जिल्लामा तीन तहको सुरक्षा व्यवस्था अवलम्बन गर्ने नीति लिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले निर्वाचनमा मतदाता तथा मतदान केन्द्रका लागि केन्द्रीय सुरक्षा नीति अन्तर्गत रहेर उच्च सुरक्षा व्यवस्था गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले सुरक्षा नीति अन्तर्गत मतदान केन्द्रलाई लक्षित गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र आवश्यकता अनुसार मात्र नेपाली सेना परिचालन गरिने बताउनुभयो । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षा लगायतका विषयमा छलफल गर्न जिल्ला सुरक्षा समिति पर्साको बैठक हालका दिनमा नियमित बस्दै आएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन