पर्सा र बारामा पनि मधेसी मोर्चाद्धारा निर्वाचन कार्यालयमा प्रदर्शन



वीरगन्ज, १५ चैत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले  तराइका जिल्लाहरुमा रहेका  निर्वाचन कार्यालयहरुमा आज  घेराउ गर्दै प्रदर्शन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले पनि वीरगंजमा रहेको जिल्ला निर्वाचन कार्यलयमा आज विहान १० बजे देखि मध्यान्ह १२ बजेसम्म २ घण्टा घेराउ गरेको छ । मोर्चामा आबद्ध संघिय सामाजबादी पार्टी नेपाल, तराई–मधेश लोकतान्त्रिक पाटी , सदभावना पार्टी , राष्टिय मधेस समाजवादी पार्टी , तराइ मधेस सदभावना पार्टी , मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टीका  नेता कार्यकर्ताहरुले जिल्ला निर्वाचन कार्यालय पर्सामा घेराउ गर्दै प्रदर्शन गरेका हुन् । निर्वाचन कार्यालय घेराउ कार्यक्रमलाई सम्ंबोधन गर्दै संघिय सामाजबादी पार्टी नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले संविधान संसोधन विना कुनै पनि चुनाव मधेशमा सम्भव नभएको भन्दै सरकारले बन्दुकको बलमा जबरजस्ति चुनाव गराए मधेशी जनताले सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभयो ।संविधान संशोधन पछि मात्र निर्वाचनको माग गर्दै आएको मधेशी मोर्चाले घोषित निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै आएको छ । यस्तै मधेसी मोर्चाले बाराको कलैयामा रहेको जिल्ला निर्वाचन कार्यालय बारामा पनि आज दुइ घण्टा घेराउ गर्दै प्रदर्शन गरेको तराइ मधेस विद्यार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादवले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान