पर्साको बागवाना गुलरियाबाट ४८ घनफिट सालको काठ नियन्त्रणमा
चैत्र १५ पर्साको बागवाना गाविसको वडा नम्बर ६ गुलरियाबाट वनगस्ती टोलीले मंगलबार बिहान ४८ घनफिट सालको काठ नियन्त्रणमा लिएको छ । सेक्टर वन कार्यालय बढनिहारको गस्ती टोलीले काठ नियन्त्रणमा लिएको हो । राष्ट्रिय वन क्षेत्रबाट रुख कटान गरी साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा वन रक्षक जमदार प्रदिप तिमिल्सिनाको कमाण्डमा रहेको गस्ती टोलीले सात वटा साइकल, त्यसमा लोड गरिएको काठ, दुईवटा आरा र दुई वटा बन्चरो नियन्त्रणमा लिएको हो ।गस्ती टोलील्े दुइ जना काठ तस्करलाइ पक्राउ गरेपनि गुलरिया गाउँका महिलाहरुको अवरोधका कारण ती दुवै काठ तस्करहरु भाग्न सफल भएको जम्दार तिमिल्सिनाले बताउनुभयो ।