पर्साको निर्मलवस्तीमा बाघले आतँक मच्चायो
चैत्र १६ ठोरी साविक निर्मलवस्ती गाविसमा बाघले आतँक मच्चाएको छ । गाउँदेखि दक्षिण पट्टी रहेको भारतको जंगलबाट गाउँ पसेको बाघले आतँक मच्चाएको हो । बाघले गएराति निर्मलवस्तीको विजयवस्तीमा दुई जना बाख्रापालक किसानको बाख्रा खोरमै आएर मारेको स्थानीय अमर निर्दोषले जानकारी दिए । बाघले निर्मलवस्ती–७ बस्ने बलबहादुर श्रेष्ठको ब्याउने बाख्रा खोरमै आएर मारेको छ । निर्मलवस्ती–८ का अमरबहादु श्रेष्ठका बाख्रा भने खोरबाट तानेर लगेको उनले बताए । राती ९ बजेको समयमा गाउँ पसेको बाघले स्थानीय बाख्रापालक किसानहरुको बाख्रा खोरमै आएर मार्न थालेपछि बाख्रापालक किसानहरु चिन्तित बनेको निर्दोषले जानकारी दिए ।