केडिया डेन्टल कलेज परिसरमा बृक्षरोपण
चैत्र १९ लायन्स क्लब अफ विरगंज ग्रिन क्याम्पसले शनिबार केडिया डेन्टल कलेजको परिसरमा बृक्षरोपण गरेको छ । ल्यान्स क्लब अफ विरगंज ग्रिन क्याम्पसका लायन विजय कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन् । जिल्ला वन कार्यालय पर्साको सहयोगमा भएको वृक्षा रोपण कार्यक्रमको उदघाटन लायन्स क्लबका रमेश अग्रवालले विरुवा रोपेर गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन उमेशराज कानु, लायन्स क्लबका वरिष्ठ सल्लाहाकार डिएन अग्रवाल, रामहरी पाण्डे, देव चौधरी, राघव आर्चाय, समाजसेवी राजेश तिवारी, लायन्स क्लब अफ विरगंज आदर्शनगरका अध्यक्ष विनय बंशल, संघका उपाध्यक्ष रिकेश गुप्ता , कलेजका कार्यकारी प्रमुख विनोद गुप्ता लागयतको उपस्थिति रहेको थियो । यसैगरी लायन्स क्लब अफ विरगंज आदर्शनगरले आजै घडीअर्वामा निशुल्क मधुमेह चेकजाँच शिविरको पनि आयोजना गरेको छ ।