पर्सा क्षेत्र नंबर २ का सांसद यादवको संसदिय बिकास कोषबाट खेलकुद सामाग्री बितरण



चैत्र १९ वीरगंज उपमहानगरपालिका वडा नंबर २३ प्रसौनी बिर्तामा शनिबार पर्सा क्षेत्र नंबर २ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले खेलाडीहरु देशको गहना भएकोले खेलाडीको संरक्षण र बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाले नारायणी रंगशालाको विकासको लागि शहरी पुर्वाधार बिकास अन्तर्गतको बजेटबाट ५ करोड रकम बिनियोजन गरिएको समेत जानकारी दिनु भयो । प्रसौनी बिर्ताका एमाले वडा अध्यक्ष लालबाबु प्रसाद यादवको अध्यक्षतमा भएको कार्यक्रममा फुटबल प्रशिक्षक एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सल्लाहकार हरी बहादुर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पर्साका उपाध्यक्ष दिपक तिवारी, एमालेका स्थानिय नेताहरु राजकुमार सिंह, अमल यादव, रामनाथ यादव,असरफी राउत अहिर, राजेश यादव लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन