सरकार र मधेशी मोर्चा बिच कुनै प्रकारको सहमति भएको छैन– तमलोपा महामन्त्री सोनल
तराई मधेश लोकतान्त्रीक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकार र मधेशी मोर्चा बिच कुनै प्रकारको सहमति नभएको बताउनु भएको छ । बाराको भलुही भरवलिया गाबिसको त्रिवेणी टोलमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सोनलले सरकारले मधेसी मोर्चासंग सहमति भएको भनेर झुठो भ्रम फैलाएकाले भ्रममा आग्रह गर्नु भयो । मधेशीको अधिकार प्रप्त नभए सम्म मधेशमा कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिदै सोनलले संविधानका केही बुदां मात्र संसोधन गरेर मधेशको मांग पुरा नहुने बताउनु भयो । कार्यक्रममा तमलोपाका क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता , सचिव जवाहर महतो ,जिल्ला सदस्य बिन्दा यादव , मदन साह , लोहा यादव ,तराइ मधेस विधार्थी फ्रन्टका बारा जिल्ला अध्यक्ष संतोष यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबिच पर्साको पोखरीयामा शनिबार सदभावना पार्टीको नगरस्तरीय भेला सम्पन्न गरेको छ । भेलामा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अबीर माला लगाएर स्वागत गर्नु भएको यिो । कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, जिल्ला उपाध्यक्ष अनिरुद्रप्रसाद कलवार, सचिव राजेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।