पत्रकार यादवको निधन प्रति वीरगन्जमा श्रद्धान्जली सभा आयोजना गरिने
नेपाल प्रेस युनियन पर्साले प्रेस युनियन पर्साका पूर्व अध्यक्ष एवं ब्रम्हास्त्र दैनिकका प्रधान सम्पादक स्वर्गीय काशीनाथ यादवको निधन प्रति शोक व्यक्त गर्दै चैत २८ गते वीरगन्जमा श्रद्धान्जली सभा आयोजना गर्ने भएको छ । वीरगन्जमा शनिबार बसेको प्रेस युनियन पर्साको बैठकले यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै चैत २८ गते श्रद्धान्जली सभा गर्ने निर्णय गरेको हो ।नेपाल प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष बिजय चौहानको अध्यक्षतामा बसेको बैठकले श्रद्धान्जली सभामा पत्रकार सम्बद्ध विभिन्न संघ संगठन, राजनीतिक दलका नेता र सन्चारकर्मीहरुलाइ आमन्त्रण गरिने निर्णय पनि गरेको छ ।यादवको गत बुधबार साँँझ काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।