नवलपरासीकोे जंगलमा यात्रुवाहक बस र भारतीय नम्बरको ट्रक ठोक्किँदा पाँच जनाको मृत्यु
चैत्र १९ नवलपरासीको मध्यविन्दु–७ स्थित ४० किलो जंगलमा शनिबार बिहान यात्रुवाहक बस र भारतीय नम्बरको ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । शनिबार बिहान साढे २ बजे पूर्व आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बस र त्यही दिशामा रहेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक एक आपसमा ठोक्किदा चार जनाको घटनास्थलमै र एक जनाको उद्धारका क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका ५ जना मध्ये चार जनाको मात्र सनाखत भएको छ ।दाङका १६ वर्षका बलीराम चौधरी, १७ वर्षका वीरवल चौधरी, सुर्खेतका ४० वर्षका हरिराम जालीमगर र भारतीय ट्रक चालक विहारको बर्गदवाका २५ वर्षका रियाज खानको ज्यान गएको हो । घाइते पाँच जनाको कावासोती स्थित मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा उपचार भइरहेको छ ।