सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु
चैत्र २१ मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ ।
उनीहरुको परिचय खुलेको छैन् । अर्का दुई जनाको भने उद्दार गरिएको छ । लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । यो सडक विस्तारको काम भइरहेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, आज भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् । प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ । पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका एसपी दीपक थापा लगायतका सरकारी टोली अहिले घटनास्थल पुगेको छ ।