पर्साको पटेर्वासुगौली गाउपालिकाबाट दुइ थान सालको गोलीया काठ बरामद
चैत्त २६ पर्सा पर्साको पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ रंगपुरबाट सशस्त्र प्रहरीले शनिबार बिहान दुइ थान सालको गोलीया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डरआउट पोष्ट बागेश्वरी तित्रौनाबाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण उप्रेतीको नेतृत्वमा खटिएको गस्ती टोलीले रंगपुरमा आराले चिर्दै गरेको अवस्थामा काठ बरामद गरेको हो । सशस्त्र प्रहरीले काठ चिर्नमा प्रयोग भएको दुइ थान आरा पनि बरामद गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीलाइ देख्ने बित्तिक्कै काठ चिर्नेहरु फरार भएकाले उनिहरुलाइ फत्राउ गर्न नसकिएको तथा बरामद काठ र आरा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बागेश्वरी तित्रौनामा राखिएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुरले जानकारी दिनु भयो ।