अपरिचित व्याक्तिको गोली प्रहारबाट वीरगन्जमा एक महिला गम्भिर घाइते
वीरगन्जमा मंगलबार बिहान अपरिचित व्याक्तिको गोली प्रहारबाट एक महिला गम्भिर घाइते भएकी छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ पिपराका धीरेन्द्र पटेलकी श्रीमति २३ वर्षिय निलु पटेल अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भिर घाइते भएकी हुन् । निलुको दाहिने कन्चट पछाडिको भागमा गोली लागेको छ । उनको अहिले वीरगन्जको नेशनल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको छ । आफनो सुत्ने कोठामा बिहान एक बजे तिर गोली लागेको अवस्थामा श्रीमान् धीरेन्द्रसंगै भेटिएकी निलुलाइ घरपरिवारका सदस्यहरुले शुरुमा गण्डकमा रहेको वीरगन्जल हेल्थ केयर अस्पतालमा लगेको र त्यहा उपचार सम्भव नभएपछि उनलाइ नेशनल मेडिकल कलेजमा लगिएको हो । घरपरिवारका सदस्यहरुले निलुलाइ अपरिचित व्याक्तिले गोली हानेर घाइते बनाएको बताएपनि घटनामा निलुकै घरिपरिवारका सदस्यहरुको संलग्नता रहेको आशंका उनका छिमेकीहरुले गरेका छन् । निलुका श्रीमान् धीरेन्द्रलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।