बारामा फेरि एक जना पुरुषको शव फेला



चैत २९ बारामा मंगलबार फेरि बोरामा पोका पारेर फलिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । महागढीमाइ नगरपालिका वडा नम्बर २ बबुआइनर स्थित सडकमा जुटको बोरामा पोका पारेर फालिएको अवस्थामा शव फेला परेको हो । मैनी लक्ष्मणवा सडकखण्डमा अवस्थित मकैबारीको छेउमा बोरामा पोका पारेर फालिएको अवस्थामा अन्दाजी ५०÷५५ वर्ष उमेरका अपरिचित पुरुषको शव फेला परेको बाराका प्रहरी निरिक्षक अरुण कुशवाहाले जानकारी दिनु भयो । मृतक पुरुषको दाहिने आँखा माथि र नाकमा धारिलो हतियारले प्रहार गरिएको घाउ रहेको र अनुहार रगतले लत्पतिएको अवस्थामा शव फेला परेकाले हत्या नै भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो । मृतकको अहिले सम्म सनाखत नभएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो । यसअघि बाराकै नौतन स्थित सिंघाही नदीको छेउमा गत चैत १३ गते वीरगन्जको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अनमी बबिता पण्डितको हत्या गरि बोरामा पोका पारेर फालिएको अवस्थामा शव फेला परेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन