बाराको डुमरवानामा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र सेजको निर्माण कार्य तिब्र



चैत २९ बाराको सिमारा डुमरवानामा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र सेजको निर्माण कार्य तिब्र गतिमा भइरहेकाृ छ ।बिशेष आर्थिक क्षेत्र सेज अन्तर्गत ब्लक ए को ३० प्रतिशत काम पुरा भईसकेको साईट ईन्जिनियर दिनेश न्यौपानेले जानकारी दिनुभयो । यस्तै आगामि महिना देखि संम्पुर्ण प्याकेजमा निर्माण सम्पन्न गरि आर्थिक बर्ष २०७४÷७५ भित्रमा सेजको सबै काम सकिने न्यौपानेले जानकारी बताउनु भयो । बिषेश आर्थिक क्षेत्र बिकास समितिले डुम्मरवानामा बी , सी , डी र इ ब्लकमा पनि अहिले तिब्र गतिका साथ काम भइरहेकाले त्यस क्षेत्रमा कुनैपनि व्यक्ति वा संस्थाले जग्गा भोग चलन वा खेतिपाती लगायतका भौतिक कार्य नगर्न स्थानियवासीसंग आग्रह गरेको छ । । समितिले सेज क्षेत्र भित्र पर्ने बस्तीहरु अन्यत्र सार्ने ब्यवस्था भईरहेको जनाएको छ ।सेजको भौतिक पुर्बाधार निर्माणको काम अघि बढेपछि वस्ति हटाउने डरले त्यस क्षेत्रका बासिन्दाहरु चिन्तित बनेका छन् । सरकारको महत्वपुर्ण आयोजना मध्येको एक सेज संचालनमा आएपछि त्यस क्षेत्रको बासिन्दाले रोजगारी पाउने भएपनि आफुहरु पलायन हुने डरले चिन्तित बनेको हाम्रा सहकर्मी विदुर खड्काले जनाएका छुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन