वीरगन्ज २८ मा सदभावना पार्टीको वडा अधिवेशन सम्पन्न



वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २८ मा मंगलबार सदभावना पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कन्चन पटेलको अध्यक्षतामा ३१ सदस्यीय वडा इकाइ कमिटी गठन गरेको छ । नव गठित वडा कमिटीको सचीवमा जितन प्रसाद कलवार तथा सदस्यहरुमा शम्भु प्रसाद तेली ,राम नरेस साह तेली ,भन्टु पासवान ,दिनेस कुमार पटेल ,फेकु पटेल,शान्ती पटेल,राम एकवाल साह,राम नारायण प्रसाद कुर्मी लगायतका रहेका छन् । सदभावना पार्टीका नगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न वडा अधिवेशनमा सदभावना पार्टीका सह महासचिव सुरेन्द्र कुर्मी , केन्द्रिय सदस्य निजामोदिन समानी, सल्लाहकार समितिका सदस्य हनुमान साह, पर्सा जिल्ला उपाध्यक्ष इश्वर यादव, जिल्ला सचीव ध्रमेन्द्र पटेल, महिला मञ्चकी जिल्ला अध्यक्ष रेखा साह,नगर सचिव संजय पटेल, नगर उपाध्यक्ष सुरेस साह कानु , कोषाध्यक्ष पन्नालाल पटेल लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन