अर्केष्टा नाँचले समाजमा विकृती र विसंगती फैलाउदै
बैशाख २ पर्सा तराइमा मनोरन्जनका नाममा गाँउघरमा आयोजना गरिने अर्केष्टा नाँचले समाजमा विकृती र विसंगती भित्रयाएको संस्कृतिविदहरुले बताएका छन् ।वैवाहिक उत्सवका कार्यक्रममा मनोरन्जनका लागि आयोजना गरिने आर्केष्टा नाँचमा अश्लील गीत ,संगीत र नृत्यको विसंगती बढदै गएकाले यसले तराइको मौलीक संस्कृतिमा नकरात्मक असर पारेको संस्कृतिविदहरुको भनाइ छ । यसका साथै प्रायजसो हरेक अर्केष्टामा झही झगडा र कुटपिट पनि हुने गरेकाले अर्केष्टा नाँचले शान्ति सुरक्षामा पनि खलल पुरयाउदै आएको छ । केही ठाँउमा त अर्केष्टा नाँचकै कारण गोली समेत चल्दा मान्छेको ज्यान समेत जाने गरेको घटनाहरु पनि हुने गरेका छन ।अधिकांश अर्केष्टा नाँच भएको ठाँउमा अपराधिक समुहका व्याक्तिहरुको जमघट हुने गरेका कारण त्यसले शान्तिसुरक्षामा खलल समेत पु¥याउदै आएको छ । तराइका जिल्लामा रहेका अर्केष्टा नाँच समुहमा खास गरी भारतको बंगालबाट आर्थिक रुपले विपन्न घर परिवारका नाबालिग बालिका र युवतीहरुलाइ ल्याइने गरेको छ । उनिहरुलाइ आर्थिक लोभ दिएर अनैतिक कार्यमा समेत संलग्न गराउने गरिएका कारण समाजमा अनेकन विकृति र बिसंगती फैलिएको जानकारहरुको भनाइ छ ।स्थानीय प्रहरी प्रशासनले पनि यस्तो विकृति र बिसंगती फैलाउने र शान्ति सुरक्षामा खलल पुरयाउने अर्केष्टा नाँच समुहलाइ नियन्त्रण गर्न र तीनका सन्चालकलाइ कार्वाही गर्न खासै ध्यान नदिएका कारण पनि तराइका जिल्लामा दिन प्रति दिन अर्केष्टाको विकृती मौलाउदै गएको हो ।