मधेसी गठबन्धनको आन्दोलनः बैशाख १५ देखि बन्दै बन्द सूचीसहित



३ बैशाख, काठमाडौं । मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरिएका छन् ।आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चा गठबन्धनले आन्दोलन घोषणा गरेको हो ।मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ ।चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गतेसमेत बन्दको घोषणा गरिएकाे छ ।

साभार अनलाईन खबर डटकम


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग