हतियार बझुाउन सुचना जारी गरेको एक महिनामा २७ वटा मात्र हतियार सम्बन्धित व्याक्तिहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए



बैशाख ८ स्थानीय तह निर्वाचनलाइ लक्षित गरि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा रहेका इजाजत प्राप्त हतियार बझुाउन सार्वजनिक सुचना जारी गरेको एक महिना बितिसक्दा पनि ा २७ वटा मात्र हतियार सम्बन्धित व्याक्तिहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सामा इजाजत प्राप्त बन्दुक र पेस्तोल गरि कुल सात सय ७२ वटा हतियार व्याक्तिको प्रयोगमा रहेको छ । ती मध्ये १२ बोरको बन्दुक पाच सय ८२ वटा , २२ बोरको बन्दुक एक सय सात वटा , भरुवा बन्दुक एउटा , हावादारी बन्दुक १६ वटा , पेस्तोल ११ वटा , रिभल्बर दुइ वटा र अन्य विभिन्न थरिका बन्दुक ५३ वटा व्याक्तिको प्रयोगमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । गत चैत ३ गते बसेको जिल्ल सुरक्षा समिति पर्साको बैठकले स्थानीय तहको निर्वाचनलाइ लक्षित गरि व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त हतियारहरु निर्वाचन सम्मको अवधीका लागि चैत २० गते भित्र जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन सार्वजनिक सूचना गरेको थियो । तर सम्बन्धित हतियारधनीहरुले आफुसंग रहेको इजाजत प्राप्त हतियार नबुझाएपछि जिल्ल सुरक्षा समितिले यहि बैशाख १५ गते सम्म म्याद थप गरेको छ । बिहिबार सम्म जिल्ल प्रहरी कार्यालय पर्सामा १९ वटा बन्दुक र आठ वटा राइफल गरि २७ थान मात्र हतियार सम्बन्धित व्याक्तिहरुले बुझाएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो । जिल्लामा व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त सात ४५ वटा हतियार अझै सम्म सम्बन्धित व्याक्तिहरुले नुबझाएको प्रहरी नायव जोशीले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन