सखुवा प्रसौनी गाउपालिका वडा नं.५ महुवनमा आज नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन
बैशाख १० पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नं.५ महुवनमा आइतबार नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन भएको छ । माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा सखुवा प्रसौनी गाउपालिकाको प्रमुख लालविहारी रामको प्रमुख आतिथ्य र गाउपालिका अध्यक्ष बोधा रामको अध्यक्षतामा सम्पन भेलाले ११ सदसिय वडा कमिटि गठन गरेको छ । नवगठित कमिटिको अध्यक्षमा वृजलाल राम,उपाध्यक्षमा हरेन्द्र राम ,कोषध्यक्षमा बोधा महरा, सचिवमा कन्हैया साह तेली, सदस्यहरुमा रामाधार राम ,जयराम राउत कुर्मी, लालबाबु साह कानु, भुलन साह गोढ, महेन्द्र राम राजपति देवी लगायतका रहेका छन् ।