जीतपुरसिमरा उपमहानगरपालीकाका माओबादी केन्द्रको ११ वडाका अध्यक्षको उम्मेदवार घोषणा
बैशाख १० नेकपा माओबादी केन्द्रले बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका ११ वडाका अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । उपमहानगरपालिकाका २३ वडा मध्य अन्य वडाका उम्मेदवार पनी छिट्टै घोषणा गर्ने नेकपा माओबादी केन्द्रका पोलीटव्युरो सदस्य एवं निर्वाचलन परिचालन कमिटीका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठ अनिलले जानकारी दिनुभयो । घोषित उम्मेदवारहरुमा वडा नं. १ मा मिनप्रसाद आपागाँई, वार्ड नं. ५ मा मोहित चौधरी, वार्ड नं. ७ मा मालती गिरी, वार्ड नं. १३ मा गोपाल चौधरी, वार्ड नं. १४ मा रामशरण बर्तौला, वार्ड नं. १५ मा रामप्रसाद लामिछाने, वार्ड नं. १८ मा बसन्त खतिवडा, वार्ड नं. १९ मा दिपेन्द्रकुमार क्षेत्री, वार्ड नं. २० मा दिलीपकुमार साह, वार्ड नं. २१ मा कृष्णबहादुर ठकुरी, र २२ मा मनिकलाल थिङ रहेका छन् । अध्यक्ष संगै सबै वडामा वडा सदस्यको पनी घोषणा भइसकेको माओबादी बाराका यूवा नेता भरत भण्डारीले जानकारी दिनुभयो ।