आगलागी भएको पटेलनगर टोलमा सरसफाइ
बैशाख १९ गत बुधबार आगलागी भएको वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पटेलनगर टोलमा मंगलबार सरसफाइ गरिएको छ ।तेश्रो आखा रचनात्मक संस्थाका पदाधिकारी , वीरुगन्ज् उपमहानगरपालिका कार्यालयका सरसफाइ शाखाका कर्मचारी र स्थानीयवासील्े आगलागीमा परि जलेका घरका काठ , बाँस , धानको भुस र खरानीहरु हटाएर सफा गर्नुका साथै माटो सम्याएको हाम्रा सहकर्मी राधेश्याम पटेलले जनाएका छन् । सरसफाइ कार्यक्रममा तेश्रो आँखा रचनात्मक संस्थाका अलामत मिया , सोराब मिया , साबीर आलम , राजु आलम , उपमहानगरपालिका कार्यालयका राम प्रसाद , स्थानीयवासी जतन राउत कुर्मी , विनोद पटेल , प्रमोद पटेल , जलान्धर पटेल लगायतको सहभागीता रहेको थियो ।