दुई वर्ष देखि बन्द हिमालय फुड्स इन्टरनेशनल प्राली फेरि सन्चालनमा



????????????????????????????????????

बैशाख २२ दुई वर्ष देखि बन्द रहेको राँगाको मासु उत्पादन गर्ने उद्योग हिमालय फुड्स इन्टरनेशनल प्राली फेरि सन्चालनमा आएको छ । बाराको रामपुर टोकनीमा रहेको हिमालय फुड्स इन्टरनेशनल प्राली चार दिन यता देखि सञ्चालनमा आएको हो । चिनियाँ लगानीमा दुई वर्ष पहिले स्थापना भएको मासु कारखाना स्थानीयको विरोधका कारण बन्द हुन पुगेको पथयो । उद्योगले सार्वजनिक जग्गा मिचेको,उद्योगबाट विसर्जित प्रदुषण नियन्त्रणमा उद्योगले वेवास्ता गरेको भन्दै स्थानीयवासीले आन्दोलन र प्रदर्शन गरेका कारण बन्द रहेको मासु कारखाना फेरि सन्चालनमा आएको हो ।राँगाको बधशाला सहितको अनुमति पाएको मासु कारखानाले राँगाको काँचो मासु उत्पादन गरी विदेश निर्यात गर्दै आएको छ । परवानीपुर बजार भन्दा दुई किलोमिटर पूर्वमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नजिकै रहेको मासु कारखानाले पर्सा बाराका साथै भारतको विहारबाट आयातित जिउँदा राँगाबाट काँचो मासु उत्पादन गरी आइस बक्समा राखेर भियतनाम र चीनमा विदेश निर्यात गर्दै आएको कारखानाका आरके पुरीले बताउनु भयो । नेपालबाट भारत हुदै भियतनाम पुगेपछि काँचो मासुलाई रिप्याकेजिग गरी मेड इन भियतनाम लेखेर चीन पठाउने गरिएको कारखाना स्रोतले जनाएको छ । करिब २० करोड रुपैयाको लगानीमा निर्माण गरिएको कारखानामा विनय शर्मा र हरिप्रसाद लामिछाने नेपालका साझेदारको रुपमा रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन