बारामा भएको सवारी दुर्घटनामा एक बालक घाईते



बैशाख २२ बारामा गएराति भएको सवारी दुर्घटनामा एक जना बालक घाईते भएका छन् । राति ८ बजे परवानीपुर गाउँपालिका वडा नंबर ८ बेलहीयामा भएको दुर्घटनामा स्थानीय मथुरा महतोका ६ बर्षिय छोरा सत्य मण्डल घाईते भएका हुन् । कलैयाबाट प्रष्टोका जाँदै गरेको ना ३२ प ३१८६ नम्बरको मोटरसाईलले सत्यलाई ठक्कर दिएको थियो । घाईते बालक सत्यको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको भएपनि चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन