विद्यार्थी भर्ना अभियान अन्र्तगत नगवाको माध्यमिक विद्यालयले सचेतनामुलक ¥याली निकाल्यो



बैशाख २२ विद्यार्थी भर्ना अभियान अन्र्तगत वीरगञ्जको नगवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार सचेतनामुलक ¥याली निकालेको छ । विद्यालय जान सक्ने उमेर पुगेर पनि विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई लक्षित गरि ¥याली निकालिएको हो । विद्यालय परिसरबाट निस्किएको ¥याली बसपार्क, बाईपास सडक हुँदै नगवा गाउँको परिक्रमा गरि फेरि विद्यालयमे पुगेर सम्पन्न भएको विद्यालयका शिक्षक मनोज चौरसियाले जानकारी दिनुभयो । ¥यालीमा सहभागीहरुले बाल बािलकालाई विद्यालय भर्ना गराउ, आजको आवश्यकता शिक्षा, बालक र बालिकामा भेदभाव नगरौं, कक्षा ६ देखि ८ सम्म अनिवार्य निशुल्क कम्युटर शिक्षा लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेका थिए । विद्यालयका प्रधानाध्यापक घनश्याम मिश्रको संयोजकत्वमा निकालिएको ¥यालीमा शिक्षक, विद्यार्थी, अभिभावक गरी १ सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन