पर्साको केहुनिया र विन्धवासीनी क्षेत्रबाट विद्युत चोरी गरेको आरोपमा १५ जना पक्राउ



विद्युत चोरी नियन्त्रणका लागि खटिएको गस्ती टोलीले पर्साको केहुनिया र विन्धवासीनी क्षेत्रबाट १५ जनालाई पक्राउ गरेको छ । विद्युत चोरी गरी उपभोग गर्ने १५ जनालाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण विरगञ्ज वितरण केन्द्रले जनाएको छ । गाउँमा व्यापक चोरी भईरहेको खबर पाएपछि विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रबाट खटिएको गस्ती टोलीले १५ जनालाई पक्राउ गरेर ल्याएको केन्द्रका प्रमुख च्युटन कुमार श्रीवास्तवले जानकारी दिनुभयो । उनीहरुलाई जरीवाना तिराएर छोड्ने उहाँले बताउनुभयो । गस्ती टोलीले विद्युत चोरी गरेर चलाईएको पानी तान्ने दुईवटा विद्युतीय मोटर पनि बरामद गरेको छ । विद्युत चोरी नियन्त्रणका लागि प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चोरी नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ । अभियान सञ्चालनमा आएपछि ४ सय जनाको हाराहारीमा विद्युत चोरी गर्नेहरु पक्राउ परिसकेका छन् भने ७० लाख रुपैयाँ जरीवाना संकलन भईसकेको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन