विश्व रेडक्रस दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै



बैशाख २५ विश्व रेडक्रस दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अन्तराष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको रेडक्रसमा अहिले विश्वका २ करोड भन्दा बढी मानिस स्वयम्सेवकका रुपमा कार्यरत रहेका छन् । नेपालमा विक्रम संवत २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजार भन्दा बढी उपशाखाहरु रहेका छन् ।
यसैबीच विश्व रेडक्रस दिवसको अवसरमा वीरगञ्जमा पनि सोमबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा रक्त सञ्चार केन्द्र वीरगञ्जमा कार्यबहाक सभापति मधु राणाले झण्डोत्तोलन गर्नुभएको रेडक्रस सोसाईटी पर्साले जनाएको छ । त्यस्तै विश्व रेडक्रस दिवसकै अवसरमा नारायणी उपक्षेत्रिय अस्पताल परिसरमा सोमबार सरसफाई समेत गरिएको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख प्रविण मानन्धरले जानकारी दिनुभयो ।
यसैबीच रेडक्रस दिवसकै अवसर पारेर पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नंबर ७ निचुटामा रहेको निचुटा माध्यमिक विद्यालयले सोमबार सचेतनामुलक ¥याली निकालेको छ । खुल्ला दिसामुक्त अभियान अन्र्तगत ‘एक घर एक चर्पी सफा राखौं हाम्रो धर्ती’ भन्ने नाराका साथ ¥याली निकालिएको हो । विद्यालय परिसरबाट निकालिएको ¥याली गाउँको परिक्रमा गरि विद्यालयमै फर्किएर सम्पन्न भएको रेडक्रस सोसाईटी पर्सा शाखाका सामाजिक परिचालक हरि किशोर शर्माले जानकारी दिनुभयो । ¥यालीमा प्रधानाध्यापक श्याम प्रसाद घिमिरे, नेपाल रेडक्रस सोसाईटी उपशाखा निचुटाका सभापति राजदेव प्रसाद, शिक्षक, विद्यार्थी ,अभिभावकहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन