बाराको कोल्हबी नगरपालिका सतुअवामा प्रेम जोडीद्वारा आत्महत्याको प्रयास
बैशाख २७ बाराको कोल्हबी नगरपालिका सतुअवामा एक प्रेम जोडीले आत्महत्याको प्रयास गरेका छन् । कोल्हवी–७ सतुअवा निवासी दर्पण माझीकी छोरी १८ वर्षिया सिमा माझी र गाँउकै बुधन चौधरीले बुधबार विहान आत्म हत्या गर्ने प्रयास गरेका हुन् । माझीको घरमा विहान चार बजेतिर पुगेका चौधरी र माझी दुवै जनाले धारिलो हतियारले आफ्नो घाटी काटेका थिए । बुधन चौधरी र सिमा माझी बीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने भनेपछि घरपरिवारले नमानेकोले दुवैले आत्म हत्याको प्रयास गरेको माझीकी आमा ईमरावती देवीले बताउनुभयो । माझीलाई बुधबार विहान करिब साढे सात बजेतिर उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ल्याईएको छ भने चौधरीलाई उनका परिवारले कता लगे भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । उपचाररत माझीको अवस्था गम्भिर रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका मेडीकल सुपरीटेन्डेन्ट डा.चितरन्जन साहले बताउनुभयो ।