बाराको अमलेखगञ्जमा ट्याक्टर पल्टिदा ६ जना घाईते, हेटौंडामा उपचार हुँदै
र्बैशाख २७ बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा २२ अमलेखगञ्जमा मंगलबार राती ट्याक्टर पल्टिदा ६ जना घाईते भएका छन् । दुर्घटनामा बाराको पिपराडी वडा ३ का ३० वर्षिय वीर प्रसाद यादव, ४० वर्षिय जगरनाथ यादव, ओभन पासवान, ३५ वर्षिय सत्यनारायण पटेल, रामबाबु यादव, र ३८ वर्षिय नगिना पासवान घाईते भएका हुन् । ग्रामीण सडक मर्मत गरेर फर्किदै गरेको ना ६ त २०६७ नं. को ट्याक्टर मंगलबा राति पौने ९ बजेतिर पल्टिदा उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाईतेहरुको हेटौडामा उपचार भईरहेको छ ।
तस्बिर अनलाईन