बाराको सिम्रौनगढबाट तीन जना तस्करहरु पक्राउ
बैशाख २७ बाराको सिम्रौनगढमा रहेको ईलाका प्रहरी कार्यालय सिमरौनगढले बुधबार बिहान तीन जना तस्करहरुलाई पक्राउ गरेको छ । पक्राउ पनेहरुमा आदर्श गाउँपालिका ईनरवा टोलका शेख बकरुदिन, शेख मुनिफ, शेख लडु रहेका छन् । १७ वटा गाई, गोरु ,बाछो नेपालबाट भारतमा तस्करी गरिरहेको अवस्थामा बुधबार विहान चार बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिमरौनगढका प्रहरी सहायक निरिक्षक प्रदीप कठाईको नेतृत्वमा गएको टोलिले तस्करहरुलाई सिम्रौनगढ नगरपालिकाको सिमावर्ती टोल कमलपुर सिमा नजिकैबाट पक्राउ गरेको थियो । उनीहरुलाई गाई, गोरु र बाछो सहित आवश्यक कार्वाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयले बाराले बताएको छ ।