बाराको सिमरामा ट्रिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु



वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको सिमरामा बिहीबार बिहान ट्रिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सिमरा स्थित हुलास स्टिल उद्योग अगाडि ट्रिपरको ठक्करबाट जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमराका ४० वर्षिय मान बहादुर श्रेष्ठको मृत्यु भएको हो ।पथलैयाबाट जितपुर तर्फ आउदै गरेको ना ४ ख १०५८ नम्बरको ट्रिपरले बिहान पाच बजे तिर साइकललाइ ठक्कर दिदा साइकलमा सवार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । ठक्क्र दिने ट्रिपर र त्यसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन