बाराका ६३ कृषक समूहहरुलाई कृषि उपकरण सहित मोवाईल सेट बितरण



बैशाख २९ बाराका ६३ कृषक समूहलाई कृषि उपकरण सहित मोवाईल सेट बितरण गरिएको छ ।जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले बाराका ३८ उत्कृष्ट कृषक समूह सहकारी र पशुपालन तर्फका २५ उत्कृष्ट कृषक समूहलाई कृषि उपकरण सहित मोवाईल सेट बितरण गरेको हो ।जलवायु परिवर्तनसंगै कृषकलाई पर्ने असर र त्यसको समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले कृषकहरुलाई मोवाइल सिमकार्ड, रेनगेज र थर्मोमिटर प्रदान गरिएको परियोजनाका निर्देशक बिष्णुप्रसाद घिमेरेले जानकारी दिनुभयो । उपकरण सहित मोवाईल सेट पाएर खुशी भएका कृषकहरुले आफ्ना समस्या लिएर कृषि कार्यलय धाउने झन्झटमा कमि आउने बताएका छन् । उनिहरुले अब बालीनाली, पशुपालन सम्बन्धी समस्या समाधान गर्न घरबाटै जानकारी लिन सजिलो हुने पनि बताएका छन् ।बारा जिल्लामा ११ सय ३८ कृषक समूह र ७ सय ४५ सहकारी क्रियाशील रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन