बाराको नितनपुर चौकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु
बैशाख ३१ वीरगञ्ज पथलैया सडकखण्ड अन्र्तगत बाराको नितनपुर चौकमा शनिबार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राति सवा ८ बजेतिर नम्बर नखुलेको गाडीको ठक्करबाट स्थानीय ४० वर्षिय राजाबाबु पाण्डेको मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । पाण्डेले बाटो काट्दै गर्दा वीरगंज तर्फ आईरहेको रातो रंगको गाडीले पाण्डेलाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडीको खोजी भईरहेका ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक जयकिशुन कुर्मीले बताउनु भयो ।