पर्साको बेल्वा गाउँपालिका ४ मा सचेतनामुलक ¥याली
पर्साको बेल्वा गाउँपालिका वडा नंबर ४ टोल बेल्वामा सोमबार सचेतनामुलक ¥याली निकालिएको छ । आदर्श बाल विकास प्राविको आयोजनामा विद्यालय भर्ना अभियान अन्र्तगत सचेतनामुलक ¥याली निकालिएको हो । विद्यालय जाने उमेर पनि विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने उद्देश्यले ¥याली निकालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुलेमान अन्सारीले जानकारी दिनुभयो । विद्यालय परिसरबाट शुरु भएको ¥याली बेल्वा टोलको परिक्रमा गरी पुन ः विद्यालयमा आएर समापन भएको थियो । प्रधानाध्यापक ईनरदेव पञ्जियारको नेतृत्वमा निकालिएको ¥यालीमा आसमान नेपालकी सामाजिक सहजकर्ता तुल्सा तिमल्सिना, शिक्षिका कौशल्या चौधरी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।