विधार्थी एकता दिवसको अवसरमा नारायणी अस्पतालका बिरामीलाइ फलफुल वितरण
जेठ २ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मंगलबार बिरामीहरुलाइ फलफुल वितरण गरेको छ । विधार्थी एकता दिवसको अवसरमा अखिल क्रान्तिकारीले अस्पतालको प्रसुती विभागमा रहेका ७५ जना बिरामीहरुलाइ फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ , अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्यद्धय मित्रदेव प्रसाद यादव र प्रभाकर गुप्ता तथा केन्द्रिय सचिव अमीताबच्चन दासको पनि उपस्थिती रहेको थियो ।